आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मेरो भ्वाइस युनिभर्स’ मा सिक्किमका प्रितम बने विजेता, जिते १ करोड

शनिबार, ०२ भदौ २०८०, २२ : २०
शनिबार, ०२ भदौ २०८०

काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ मा सिक्किमका प्रितम राई विजेता बनेका छन् । शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको अन्तिम प्रतिस्पर्धामा राई विजेता बनेका हुन् ।

विजेता बनेसँगै राईले  नगद १ करोड पुरस्कार जितेका छन् । प्रतियोगितामा शिशिर थताल फस्ट रनरअप भएका छन । उनले नगद ३० लाख रुपैयाँ जितेका छन् ।  प्रतियोगितामा सरद हुमागाइँ सेकेन्ड रनर अप भएका छन् ।  उनले नगद २० लाख हात पारेका छन् । परेश राई थर्ड रनरअप भएका छन् ।

उनले ५ लाख ५० हजार पाएका छन् । फोर्थ रनर अप साईरान खाती भएका छन्  । विजेताहरुलाई  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका थिए । 

कार्यक्रमा सभामुख देवराज घिमिरे लगायत मन्त्री र राजनीतिक दलका नेताहरु कार्यक्रम स्थलमा पुगेका थिए । संसारमा छरिएर रहेका नेपाली जातिबीचको आपसी सद्भावलाई कायमै राख्न र नेपाली भाषा र संस्कृतिलाई उनीहरूमाझ जीवन्त राखिराख्न सघाउने उद्देश्यले यो गायन र नृत्य प्रतियोगिताको आयोजना गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप