सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलिङह्याम चम्किँदा रियलको पुनरागमन

आइतबार, ०३ भदौ २०८०, ०९ : २२
आइतबार, ०३ भदौ २०८०

मड्रिड । नयाँ खेलाडी जुड बेलिङह्यामको दुई गोलको मद्दतले रियल मड्रिडले अल्मेरियाविरुद्ध एक गोलले पछि परेको स्थिति उल्टाउँदै रोमाञ्चक जीत हासिल गरेको छ । ला लिगा अन्तरगत शनिबार भएको खेलमा रियल ३–१ गोलले विजयी भएको हो ।

खेलमा रियल तेस्रो मिनेटमा नै पछि परेको थियो । सर्जियो अरिबासले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, २० वर्षीय बेलिङह्यामले १९ औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।
दोस्रो हाफको ६० औँ मिनेटमा उनले टोनी क्रुसको पासमा अर्को गोल गर्दै टोलीलाई अग्रता दिलाए । यो सिजन बोरुसिया डर्टमण्डबाट रियल आएका उनले पहिलो दुई खेलमा तीन गोल गर्न सफल भएका छन् ।

त्यसपछि उनले खेलको ७३ औँ मिनेटमा भिनिसियस जुनियरका लागि गोलको अवसर सिर्जना गरे । योसँगै शतप्रतिशत नतिजा कायम राख्दै रियल दुई खेलबाट ६ अंक बटुलेर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार नै भएका खेलमा रियल सोसिडाडले सेल्टाभिगोसँग १–१ को बराबरी खेल्यो भने एथ्लेटिक बिल्बाओले ओसासुनालाई २–० गोलले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप