आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ललिता निवास प्रकरणमा माधवको प्रतिक्रिया– नबिराउनु नडराउनु

आइतबार, ०३ भदौ २०८०, १२ : १२
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै गल्ती नगरेकोले सशङ्कित नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् । काठमाडौँमा जारी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले आफू र आफ्नो पार्टीले कुनै कमजोरी नगरेकोले अत्तिनु पर्ने अवस्था नरहेको बताएका हुन् ।

कार्यक्रममा नेपालले भने -'भ्रष्टाचारका फाइलहरू खुल्दै जानेछन्, गल्ती कमजोरी गरेको भए हाम्रै पार्टीका नेता कार्यकर्ताहरू पनि तानिनेछन् । तर ललिता निवास प्रकरणमा जुन हल्ला चलाइएको छ त्यसमा कुनै सत्यता छैन । हामी सशङ्कित हुन आवश्यक छैन । '

आफू पूर्व निर्धारित कार्यक्रममा विदेश जाँदा पनि माधव नेपाल भाग्यो भन्नेसम्मका भ्रम छर्ने काम गरिएको भन्दै नेपालले असन्तुष्टि पनि जनाए । आफू कानुनविद्सँग परामर्श गरेरै विदेश भ्रमणमा गए पनि अनावश्यक भ्रम फैल्याउने काम विपक्षी पार्टीहरूले गरेको उनको दुखेसो थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप