आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुद्धको मूर्ति बनाउन ‘जीवन्त नेपाल म्युजिक अवार्ड २०८०’ आयोजना हुने

आइतबार, ०३ भदौ २०८०, १२ : २३
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । रामेछापका अग्लेश्वरी, सलुङ र खाँडादेवीका पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दोस्रो ‘जीवन्त नेपाल म्युजिक अवार्ड २०८०’ आयोजना हुने भएको छ । आयोजक र अग्लेश्वरी हिल्स विकास कोषले राजधानीमा एक कार्यक्रमका बीच अवार्ड घोषणा गरेको हो ।

अवार्ड आयोजनबाट भएको आम्दानीबाट खाँडादेवी, सुनापति र दोरम्बा गाउँपालिकाको सहकार्यमा तीनवटै गाउँपालिकाको केन्द्रमा पर्ने अग्लेश्वर हिलमा विश्वकै अग्लो बुद्धको मूर्ति निर्माण गर्ने कार्यक्रम रहेको छ ।  आयोजकका अनुसार सङ्गीत प्रवर्धनसँगै स्रष्टाको सम्मान र प्रोत्साहन गर्न आधुनिक, लोक, पप, लोकदोहोरी, गजल, राष्ट्रियभाव, भासाभासी, भेग विशेष, फिल्म, पर्वजस्ता विभिन्न क्षेत्रका स्रष्टालाई अवार्ड प्रदान गरिनेछ ।

अवार्डमा गायक, गायिका, सङ्गीतकार, गीतकार, सङ्गीत संयोजक, वाद्यवादन, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, कोरियोग्राफर, मोडल, ड्रेस डिजाइनर, मेकअप आर्टिस्टजस्ता विधा समेटिएका छन् । 

कार्यक्रममा अवार्डका संयोजक तथा रामेछाप कलाकार समाजका अध्यक्ष कुमार कार्कीले अवार्डमा सहभागिताका लागि आवेदन खुलाइएको जानकारी दिए । उनले आवेदनका लागि आगामी १५ दिनसम्मको समय सीमा तोकिएको बताए । 

कोषका संस्थापक अध्यक्ष सिजम सिजालीले दोस्रो संस्करणको अवार्ड असोजदेखि मंसिर भित्रमा गर्ने तयारीमा जुटिरहेको सुनाए । आवेदनका लागि अग्लेश्वरी हिल्सको वेबसाइट र फेसबुक पेज तथा अग्लेश्वरी हिल्सको कार्यालय नयाँ बानेश्वर, थापागाउँबाट फारम भर्न सकिने जनाइएको छ ।

फारमबाट प्राप्त सम्पूर्ण रकम अग्लेश्वरी हिल्स रामेछापको विकास तथा पर्यटन प्रवर्द्धनमा खर्च गरिने आयोजकले कार्यक्रममा जानकारी दियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप