आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ओएमजी–२ सय करोड क्लबमा, नयाँ इतिहास रच्दै गदर–२

आइतबार, ०३ भदौ २०८०, १४ : १३
आइतबार, ०३ भदौ २०८०

मुम्बई । गदर–२ ले बक्स अफिसमा तहल्का मच्चाई रहँदासँगै रिलिज भएको ओएमजी–२ ले पनि १ सय करोड क्लबमा इन्ट्री बनाएको छ । चलचित्रले शनिबार १०.५३ करोड भारतीय रुपैयाँ कमाउँदै सो आँकडा पार गरेको हो । चलचित्रले हालसम्म १०१.६१ करोड भारु कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उता, गदर–२ को आम्दानीमा शनिबार वृद्धि देखिएको छ । चलचित्रले एकै दिन ३१.०७ करोड भारु कमाएको हो । ९ दिनमा चलचित्रको कूल आम्दानी ३३६.२० करोड भारु पुगेको छ । यो आँकडा आफै ऐतिहासिक हो ।  दोस्रो शनिबार सबैभन्दा धेरै आम्दानी गर्ने गदर–२ पहिलो चलचित्र हो । यसअघि बाहुबलीले–२ को हिन्दी संस्करणले रिलिजको दोस्रो शनिबार २६.५ करोड भारु कमाएको थियो ।

चलचित्रले अब ४ सय करोडको कोशेढुंगा पार गर्ने देखिएको छ । सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीमा चलचित्र हाल आठौँ स्थानमा छ ।  यो सूचीको शीर्ष स्थानमा ५४३.०५ करोड भारुसहित पठान रहेको छ । त्यसपछि ५१०.९० करोड भारुसहित बाहुबली–२ दोस्रो र ४३४.७० करोड भारुसहित केजीएफ–२ रहेको छ । त्यसपछि क्रमशः यो सूचीमा दङ्गल, सञ्जू, पीके र टाइगर जिन्दा हे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप