आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

६० किलो सुन प्रकरणमा पक्राउ गरिएका ४ चिनियाँको साथमा भेटियो नेपाली नागरिकता

एकजना चिनियाँसँग भारतीय आधारकार्ड
आइतबार, ०३ भदौ २०८०, १४ : ५२
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा पक्राउ गरिएका ४ जना चिनियाँ नागरिकसँग नेपाली नागरिकता भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ को हिरासतमा रहेका चारजना चिनियाँले नेपाली नागरिकता लिएको भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) कुबेर कडायतले रातोपाटीलाई बताए ।

कडायतले भने– ‘एकजनाले काठमाडौँबाट र ३ जनाले काभ्रे जिल्लाबाट नागरिकता लिएको भेटिएको छ ।’ डीआईजी कडायतका अनुसार चिनियाँ नागरिक लि–नेङकाईले काठमाडौँबाट सोनाम लामाको नाममा नागरिकता लिएको भेटिएको छ । लि–नेङकाई ३१ साउनमा पक्राउ परेका हुन् ।

दावा छिरिङको साथमा ११८६५ नम्बरको नेपाली नागरिकता फेला परेको छ । छिरिङले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिएको खुलेको छ । तस्करीमा संलग्न डिङ सेग्फा र ली वेन सुङको साथमा पनि नेपाली नागरिकता भेटिएको छ ।

सुन तस्करीको आरोपमा पक्राउ गरिएका एकजना चिनियाँसँग भारतीय आधार कार्ड फेला परेको छ । तिब्बती मूलका भारतीय नागरिक थाप्तेन छिरिङ र अर्का एकजना चिनियाँसँग भारतको आधार कार्ड फेला परेको डीआईजी कठायतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप