रसुवागढी नाकाबाट चीन प्रवेशमा सहज गर्न विभाग निर्देशन
आइतबार, ०३ भदौ २०८०, १८ : १३
काठमाडौँ । अध्यागमन विभागले रसुवागढी नाकाबाट चीन प्रवेशमा सहज गर्न आग्रह गरेको छ ।
आइतबार रसुवागढी भन्सार कार्यालयलाई पत्र लेख्दै विभागले सवारी साधनका चालकलाई चीन प्रवेशमा सहज गर्न निर्देशन दिएको हो । भन्सार कार्यालयले चिन प्रवेशमा रोक लगाएको भन्दै चालकहरुले विरोध जनाएका थिए ।
विभागले रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र (प्रवेश पास) उपलब्ध गराउन निर्देशन दिएको छ ।
विभागले सूचना जारी गर्दै उक्त उक्त कार्यविधिलाई प्रभावकारी रुपमा कार्यान्वयन हुने व्यवस्था मिलाउन आग्रह गरेको हो ।