आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कुपण्डोलबाट ५ सय केजी पटाकासहित युवक पक्राउ

आइतबार, ०३ भदौ २०८०, १८ : ५६
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । ललितपुरको कुपण्डोलबाट प्रहरीले पटाकासहित एकजना युवकलाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–१९ घर भएका २८ वर्षीय जितेन्द्र कुमार जैसवाल छन् ।

जैसवालले भाडामा लिएर राखेको गोदामबाट ५ सय किलोभन्दा बढी पटाका र भुईचम्पा बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले रातोपाटीलाई बताए । 

आरोपीतलाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागी जिल्ला प्रहरी परिसर ललितपुरमा पठाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप