आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार कसुरमा अधिवक्ता भोजबहादुर केसी पक्राउ

सोमबार, ०४ भदौ २०८०, १० : १६
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । बलात्कारको कसुरमा अधिवक्ता भोजबहादुर केसी पक्राउ परेका छन् । एक ४८ वर्षीय महिलाको जाहेरीका आधारमा केसीलाई गत बुधबार प्रहरीले पक्राउ गरेको हो । 

प्रहरी वृत्त थानकोटमा परेको जाहेरीका आधारमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भए लगत्तै केसीलाई पक्राउ गर्न निजको घरमा पुगेको प्रहरीलाई चक्मा दिँदै केसी भने अस्पतालमा भर्ना भएका छन् । 

केसीलाई पक्राउ गरी प्रहरी वृत्तमा ल्याउन लाग्दा मुटुमा समस्या आएको भन्दै उनलाई मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा भर्ना गरिएको थियो । त्यसपछि एक रात प्रहरी वृत्त थानकोटको टोली नै अस्पतालमा केसीलाई कुरेर बसेको थियो । 

तर प्रहरी वृत्त थानकोटले पनि केसीविरुद्ध पक्राउ पुर्जी आई पक्राउ गर्न गएको भए पनि उनलाई पक्राउ गर्न नसकिएको बताएको छ । वृत्तका अनुसार केसीलाई पक्राउ गर्न प्रहरी पुगे पनि मुटुमा समस्या आएको बताएपछि उनलाई उपचारका लागि अस्पतालमा लगिएको हो । उपचार सकिए लगत्तै उनलाई पक्राउ गरी अनुसन्धानका लागि पक्राउ गरी ल्याउने प्रहरीले जनाएको छ । 

पक्राउ नपर्दै बन्दी प्रत्यक्षीकरणको रिट !

प्रहरी वृत्त थानकोटमा बलात्कारको कसुरमा केसीविरुद्ध जाहेरी परी अदालतबाट पक्राउ पुर्जी लिए पनि उनलाई पक्राउ गर्न नपाउँदै अस्पतालबाटै उनले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएको पाइएको छ । भोज बहादुर केसीको हकमा शरन मिजारले भदौ १ गते नै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएको पाइएको हो । 

भदौ १ गते दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा भदौ ३ गते कामु प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै बन्दीसहित उपस्थित हुने आदेश दिएका छन् । 

केसीले बलात्कारको मुद्दामाथिको अनुसन्धानलाई नै प्रभावित पार्नका लागि स्वास्थ्यको कारण देखाउँदै पक्राउ नपर्दै बन्दी प्रत्यक्षीकरणको रिट लिएर गएका हुन् । सर्वोच्चबाट बन्दी प्रत्यक्षीकरणका रिट जारी भएमा उनलाई थुनामै नराखी अनुसन्धान गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप