आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

युवतीलाई बलात्कार गरेको आरोपमा झापाबाट एकजना पक्राउ

सोमबार, ०४ भदौ २०८०, १२ : ०२
सोमबार, ०४ भदौ २०८०

झापा। बलात्कार आरोपमा झापाबाट ४३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–५ यलम्बर चोक बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहनबहादुर राई छन् ।  

राईले २० वर्षीया युवतीलाई लाई बलात्कार गरेको आरोप छ । उनी आइतबार दिउँसो पक्राउ परेका हुन् । आरोपितले ती युवतीलाई ललाई फकाई साउन १८ गते दिउँसो दमक नगरपालिका–८ स्थित होटलमा लगेर जबरजस्ती करणी गरेको पीडितको आरोप छ । प्रहरी चौकी तोपगाछीको टोलीले पक्राउ गरेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप