आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

साफ च्याम्पियनसिप खेल्ने यू-१६ टोलीको घोषणा

सोमबार, ०४ भदौ २०८०, १५ : २५
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । यू—१६ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । साफ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार यू—१६ राष्ट्रिय टोलीको घोषणा गरेको हो । 

यू—१६ टोलीका प्रमुख प्रशिक्षक रवीन्द्र शिलाकारले खेलाडीको नाम सार्वजनिक गरे । यू—१६ साफ च्याम्पियनसिप सेप्टेम्बर १ देखि १० तारिखसम्म भुटानमा आयोजना हुँदैछ । प्रतियोगितामा ६ वटा टोली सहभागी हुनेछन् । 

प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित भारत र बङ्गलादेश परेका छन् । समूह ‘बी’ मा भने आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रतियोगिताका खेलहरु भुटानको राजधानी सहर थिम्पुमा खेलाइने छ । 

प्रतियोगिताका लागि घोषित नेपाली टोलीमा गोलरक्षकका रुपमा विशेष बानिया, पेम्बा नुर्बु भोटे र भक्तबहादुर परियार रहेका छन् । डिफेन्डरमा एकराज विश्वकर्मा, किशन थापा, अरविन्दकुमार धामी र भुवन कामी, प्रशान्त मोक्तान, निशानराज लावत, किशोरकुमार दनवार र शरण केसी रहेका छन् । 

यसैगरी मिडफिल्डरमा सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवाष बम, लक्ष्मण थामी र दिलन लिम्बु रहेका छन् । फरवार्डमा सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेष माझी र दर्शन अधिकारी रहेको एन्फाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप