आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बन्द प्रशिक्षणका लागि ३५ सदस्यीय यू—१९ फुटबल टोलीको घोषणा

सोमबार, ०४ भदौ २०८०, १५ : ४३
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी यू—१९ साफ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षण सञ्चालन गर्न ३५ जना खेलाडीलाई बोलाएको छ । यू—१९ साफ च्याम्पियनसिप फुटबल आगामी सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ ।

जिल्ला, प्रदेश र केन्द्रीय स्तरको छनोट प्रतियोगितापछि बन्द प्रशिक्षणका लागि ३५ जना खेलाडी चयन गरिएको एन्फाले जनाएको छ । घोषित टोलीमा गोलरक्षकका रुपमा कृशल मोक्तान, जियारथ शेख, रुविन बोगटी, चन्द्रसुन्दर श्रेष्ठ र अमित टमटा रहेका छन् । डिफेन्डरमा सिमान्त थापा, प्रितम कार्की, विशाल नेपाली, विक्रम तामाङ, आयुष तिम्सिना, आश्विन घोरासैनी, दीपक थापामगर, राम थापा, निनसङ लिम्बु, निशान्त तामाङ, गौरव महर्जन र पाल्देन गुरुङ रहेका छन् । 

मिडफिल्डरमा कुशल देउवा, लक्षु थापा, सरोज दर्लामी, प्रशान्त लक्सम, अविनाष स्याङ्ताङ, असिमजंग कार्की, अनिल बोम्जन, मनिष जर्गामगर, धनसिंह बीक, हरिषराज भट्ट, निरोज कार्की र नेल्सन तामाङ रहेका छन् । बन्द प्रशिक्षण सञ्चालनका लागि बोलाइएका स्ट्राइकरहरुमा समिर तामाङ, निरञ्जन धामी, सुजन डंगोल, सिद्धार्थ अधिकारी, योगेन्द्र कार्की र माइकल गर्बुजा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप