बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आङ्बोको प्रश्न–सांसदहरुलाई रातारात बिरामी बनाएर किन दुःख दिएको ?

सोमबार, ०४ भदौ २०८०, १६ : १८
सोमबार, ०४ भदौ २०८०

विराटनगर । कोशी प्रदेशसभा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले एमालेले आफ्ना सांसदलाई नाटकीय रुपमा अनुपस्थित गराएको बताएका छन् । 

उनले एमालेले संसद् विघटन गरेजस्तो आफ्नो गठबन्धनले नगर्ने तर विश्वासको मत लिने वातावरणमा एमालेले किन भाँजो हालेको भन्दै आक्रोश व्यक्त गरे ।

 ‘संसदभित्रबाट बकाइदा विश्वासको मत लिने हो । संसद् विघटन गर्न खोजेको होइन । त्यसो भएकोले सांसदहरुलाई रातारात बिरामी बनाएर किन दुःख दिएको ?,’ आङ्बोले भने, ‘आफू नेतृत्वमा हुँदा सहमतीय सरकार चाहिने । अरुको नेतृत्वमा बहुमत हुने बेलामा गंगालाल अस्पतालमा लगेर सांसदलाई सुताइदिने ? यो विचित्रको प्रदर्शन प्रदेशसभामा किन गरिरहेका छौं ।’

आङ्बोले घरायसी समस्यामा परेको भन्दै विदा लिएका सांसदहरु एनजीओको कार्यक्रममा सहभागी भएको दृष्टान्त दिए । ‘तीन दिन अगाडिसम्म सहमतिमा फर्कौं, सहजीकरण गरौं, सहकार्य गरौं भन्ने राजनीतिक दलबाटै अहिले असंसदीय क्रियाकलाप भयो । यो सुहाउँदो कुरा होइन,’ उनले भने, ‘बिरामी भएर प्लेनमा चढेर आफैँ हिँडेर अस्पतालमा किन लगियो । यसको पुष्टि कसरी हुन्छ ? यसरी यो सदन, संसद् र प्रदेशको स्थायित्वप्रति हामीलाई कति जिम्मेवार र जबाफदेही बनाउँछ ?’

उनले सामान्य विषयमा महिनौँ संसद् विघटन गर्नेहरुसँग सहज संसदीय अभ्यासको अपेक्षा कति गर्ने भन्ने विषय सोच्ने विषय भएपनि जिम्मेवारी राजनीतिक दलहरुले सकारात्मक सन्देश दिने बेलामा कोशी प्रदेशमा मनपरी भइरहेको दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप