मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

सहमति गरेर नयाँ सन्देश दिऊँ : कार्की

सोमबार, ०४ भदौ २०८०, १६ : २२
सोमबार, ०४ भदौ २०८०

विराटनगर । कोशी प्रदेशसभा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले सर्वसम्मत सरकार गठन गरेर नयाँ सन्देश दिन आग्रह गरेका छन् । 

मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले कोशी प्रदेशमा नयाँ नजिर बसेको दाबी गरे । उपसभामुखले बोलाएको बैठकमा आफैँ अनुपस्थित हुनु भोलिको पीढीले मूल्यांकन गर्ने भन्दै दोषिहरुले ममः गर्नुपर्नेमा जोड दिए । 

‘नेकपा एमाले मुलुकको जिम्मेवार दल हो । प्रतिपक्षमा राप्रपा छ । उसले पनि जिम्मेवार भएर प्रदेशको उन्नति र विकासका लागि, दलीय सहमतिका साथ अगाडि बढ्न आग्रह गर्न चाहन्छु,’ कार्कीले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप