आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शिखर धवनका लागि एकदिवसीयमा राष्ट्रिय टोलीको ढोका बन्द भएको हो ?

सोमबार, ०४ भदौ २०८०, १८ : २५
सोमबार, ०४ भदौ २०८०

नयाँ दिल्ली । ओपनर शिखर धवन एसिया कपका लागि भारतीय क्रिकेट टोलीमा स्थान बनाउन असफल भएका छन् । धवन गत वर्षको डिसेम्बरमा भारतका लागि अन्तिम एकदिवसीय खेल खेलेका थिए ।

एकदिवसीयमा १७ शतकको मद्दतले ६ हजारभन्दा बढी रन बनाएका धवन र रोहित शर्माको जोडीलाई कुनै समय निकै सफल जोडी मानिन्थ्यो । अहिले रोहित शर्माको साथमा ईशान किशन र शुभमन गिललाई प्रयोग गरिएको छ ।

योसँगै अब धवनका लागि एकदिवसीय टोलीमा बन्द भएको हो ? प्रश्न खडा भएको छ । मुख्य चयनकर्ता अजित अगरकरले यसबारे जवाफ दिएका छन् ।

अगरकरले भनेका छन्, ‘रोहित नराम्रो खेलाडी होइनन् । शुभमनले पछिल्ला डेढ–दुई वर्षमा उत्कृष्ट प्रदर्शन गरेका छन् । ईशानबारे पनि तपाईंहरुलाई थाहा छँदैछ ।’

‘शिखर भारतका लागि उत्कृष्ट खेलाडी रहेका थिए । हामी उनको रेकर्डबारे जानकार छौँ । उनले टोलीमा के गरेका छन्, हामीलाई थाहा छ,’ उनले थपे, ‘तर अहिले तीन खेलाडी राम्रो प्रदर्शन गरिरहेका छन् । तपाईं टिममा मात्र १५ खेलाडीहरूलाई चयन गर्न सक्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप