आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

सोमबार, ०४ भदौ २०८०, १९ : २८
सोमबार, ०४ भदौ २०८०

सल्यान । सल्यानमा फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सल्यान दार्मा गाउँपालिका-२ का ३६ वर्षीय खुम बहादुर खत्री भन्ने ओम्पत खत्री र रुकुम पश्चिम सानोभेरी गाउँपालिका-११ का ६० वर्षीय कमारो कामी रहेका छन् ।

दुवै जनाको दाङ तुल्सिपुरस्थित राप्ति प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यस्तै तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।

रुकुम पश्चिमको नुवाकोटबाट दाङतर्फ जाँदै गरेको लु२ख ५७३१ नम्बरको फोर्स गाडी सोमबार दिउँसो राप्ती राजमार्ग अन्तर्गत कपुरकोट गाउँपालिका-३ आगरखोलामा  दुर्घटना भएको थियो ।

गाडी‌ सडकबाट दुई सय‌ मिटर‌ तल खसेको प्रहरीले जनाएको छ । बाँकी घाइते १३ जनाको राप्ति प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप