आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कप्तान मार्टिनको पेनाल्टी प्रहारले आर्सनललाई राहत

मङ्गलबार, ०५ भदौ २०८०, ०९ : ५७
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको सोमबार राति सम्पन्न खेलमा आर्सनलले सफलता हात पारेको छ । आर्सनलले तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी क्रिस्टल प्यालेसमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गर्‍यो । 

जारी सिजनको लिगमा आर्सनल अपराजित छ । दुबै खेलमा जित हात पारेको आर्सनल ६ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । समान अंक जोडेको ब्राइटन पहिलो र म्यानचेस्टर सिटी दोस्रो स्थानमा आसिन छन् । सतप्रतिसत जित हासिल गर्ने यी तीन टोलीमात्र हुन् । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा आर्सनलले निणरयक गोल गरेको थियो । आर्सनलका लागि कप्तान मार्टिन ओडेगार्डले ५३औं मिनेटमा गोल गरेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका हुन् । 

खेलका क्रममा आर्सनल १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको खेल सकिनुभन्दा २३ मिनेटअघि आर्सनलका खेलाडी ताकेहिरो तोमियासु दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसअघि उनले खेलको ६०औं मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप