आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इन्जिनियरिङ शुल्क बढाएपछि डिन कार्यालय अगाडि विद्यार्थीको धर्ना (तस्बिरहरू)

मङ्गलबार, ०५ भदौ २०८०, १२ : ००
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थाले चार वर्षे स्नातक तहको शुल्कमा भारी मात्रामा वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित बनेका छन् । चार वर्षे बीई तथा बी आर्कतर्फको शुल्कमा भारी मात्रामा वृद्धि भएपछि डिन कार्यालय अगाडि विद्यार्थीहरूले  धर्ना दिएका छन् । 

स्ववियु थापाथली क्याम्पसले बढाएको शुल्क सार्वजनिक गरेसँगै विरोध प्रदर्शन थालेको हो । स्ववियु सभापति पुष्कर विक्रम शाहीले तत्काल बढाइएको शुल्क फिर्ता लिनुपर्ने बताए । २४ घण्टाभित्र बढाएको शुल्क फिर्ता नलिए चर्को आन्दोलन गर्ने उनको चेतावनी छ । 

त्यस्तै नेकपा समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले समेत मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अध्यक्ष सुदेश पराजुलीले शिक्षाको सम्पूर्ण दायित्व राज्यले लिनुपर्नेमा शुल्क बढाएर स्वदेशमै प्राविधिक शिक्षा अध्ययन गर्न पाउने समाजवाद उन्मुख राज्यमा बहुसङ्ख्यक जनतालाई यो अवसरबाट वञ्चित गराउने कार्य गरिएको भन्दै आपत्ति जनाए । 

त्यस्तै अनेरास्ववियुले समेत बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने माग राखेको छ । अध्यक्ष समिक बडालले बढाएको शुल्क फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

student andolan (2)student andolan (3)student andolan (4)student andolan (5)student andolan (6)student andolan (7)student andolan (8)student andolan (9)student andolan (10)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप