सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला टी–२० आई सिरिज : नेपालविरुद्ध हङकङ ब्याटिङ गर्दै

मङ्गलबार, ०५ भदौ २०८०, १२ : ५०
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङले अहिले नेपालविरुद्धको खेलमा ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी छिन् ।  

केहीबेर अघिसम्मको खेलमा हङकङले १४ ओभरमा चार विकेटको क्षतिमा ६६ रन बनाएको छ । हङकङका लागि का यिङ चानले ३४ तथा शिङ यान दोरोथिया चानले १६ रन बनाइन ।  

बलिङतर्फ नेपालका लागि कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुविना क्षेत्री बेलबासेले एक÷एक विकेट लिएका छन् । 

नेपाली टोलीमा कप्तान रुविनासहित सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, काजोल श्रेष्ठ, अप्सरी बेगम र अश्मिना कर्माचार्य रहेका छन् । 

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी आई सिरिज खेलिरहेका छन् । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेल्न लागेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप