सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा हुन मानेट, ५१ सदस्यीय मन्त्रीपरिषद् बिस्तार

मङ्गलबार, ०५ भदौ २०८०, १९ : २७
मङ्गलबार, ०५ भदौ २०८०

कम्बोडियाको राष्ट्रिय सभाबाट हुन मानेट प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

मंगलवार हुन मानेटलाई कम्बोडियाको राष्ट्रिय सभाले पाँच बर्षे कार्यकालको लागि नयाँ प्रधानमन्त्रीको रुपमा निर्वाचित गरेको हो । उनी कम्बोडियन पिपुल्स पार्टी (सिपिसी) को नेता हुन् ।

४५ वर्षीय मानेटले ३८ वर्षभन्दा बढी प्रधानमन्त्री भएका आफ्ना ७१ वर्षीय पिता सम्देच टेको हुन सेनको उत्तराधिकारीका रुपमा काम अघि बढाउनेछन् । तत्कालिन प्रधानमन्त्री हुन सेन नेतृत्वको सिपिसीले जुलाई २३ को एकपक्षीय आमचुनावमा ठूलो जित हासिल गरेको थियो ।

राष्ट्रिय सभाले सन् २०२३ देखि २०२८ सम्मको कार्यकालका लागि हुन मानेटको नयाँ मन्त्रीपरिषद् सदस्यहरुलाई समेत अनुमोदन गरेको छ ।

मतदानबाट निर्वाचित भएसँगै सांसदहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मानेटले कम्बोडियाको लागि आजको दिन ऐतिहासिक दिन भएको बताए । उनले आफू र आफ्नो मन्त्रीपरिषद्लाई विश्वासको मत दिएकोमा धन्यवाद ज्ञापन गरे ।

उनले  देशको स्वाधिनता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, शान्ति स्थायित्व, सुरक्षा र जनताको रक्षा गर्नुका साथै अर्थतन्त्र थप सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे । 

 मानेट नेतृत्वको नयाँ मन्त्रीपरिषद्मा १० उपप्रधानमन्त्री, ११ वरिष्ठ मन्त्री र ३० जना मन्त्रीहरु रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप