आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

थाई एयरवेजले नोभेम्बरबाट पुनः काठमाडौँ उडान सुरु गर्ने, सेल्स एजेन्टमा सोसाइटी इन्टरनेशनल नियुक्त

मङ्गलबार, ०५ भदौ २०८०, २० : १२
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौं । थाई एयरवेजले आगामी नोभेम्बरदेखि नेपालबाट नियमित उडान सुरु गर्ने भएको छ । 

बैंककस्थित मुख्यालय रहेको थाइल्याण्डको राष्ट्रिय ध्वजावाहक थाई एयरवेज इन्टरनेशनलले नेपालको सेल्स एजेन्ट हेर्ने गरी सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसलाई नियुक्त गरेको हो । 

उक्त नियुक्ति अगस्ट १, २०२३ बाट लागू कम्पनीले जानकारी दिएको छ ।

सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसले थाई एयरवेज इन्टरनेसनलका लागि सम्पूर्ण ग्राहक र एजेन्ट सपोर्ट सेवा सहित चौतर्फी सेल्स, मार्केटिङ र विमानस्थल स्थित सेवाहरू उपलब्ध गराउने छ ।

थाई एयरवेज इन्टरनेशनलले विश्वव्यापी कोभिड–१९ महामारीका कारण २०२० अप्रिलदेखि काठमाडौंका लागिसम्पूर्ण उडान रोकेको थियो । सोही कम्पनीले तीन वर्षपछि नेपालमा पुनः नियमित उडान सुरु गर्न लागेको हो । 

कम्पनीले सन् १९६८ को डिसेम्बरमा नेपालका लागि पहिलो पटक उडान गरेको थियो । थाई एयरवेज इन्टरनेशनलले थाइल्याण्डमा विदेशी पर्यटन प्रवर्द्धन गर्ने आफ्नो निरन्तर प्रतिबद्धता अनुसार नेपाली जनतामा थाई एयरवेजको सेवा र सुविधाको उपस्थितिलाई थप सुदृढ गर्दै नेपाली बजारमा रहेको अवसरको सदुपयोग गर्न चाहेको बताएको छ ।   

थाई एयरवेज इन्टरनेशनलका चिफ कमरसियल अफिसर कोराकोट चटासिङ्घाले थाई एयरवेज इन्टरनेशनलको काठमाडौं उडान पुनः सञ्चालनमा ल्याउन पाउँदा अत्यन्त खुसी लागेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप