आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका विना विभागीय मन्त्री चित्रकारले पाए जिम्मेवारी

मङ्गलबार, ०५ भदौ २०८०, २० : ४३
मङ्गलबार, ०५ भदौ २०८०

मकवानपुर । बागमती प्रदेशका विना विभागीय मन्त्री रामकृष्ण चित्रकारको जिम्मेवारी तोकिएको छ । सोमबार बसेको प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले सरकार कार्य विभाजन नियमावली, २०८० स्वीकृत गर्दै मन्त्री चित्रकारलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो । 

मन्त्री चित्रकारले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनको जिम्मेवारी तोक्न मन्त्रीपरिषद् बैठकले उक्त नियमावली अनुसार १२ वटा मन्त्रालय कायम भएको छ ।

मन्त्रीपरिषद् बैठकको निर्णय अनुसार बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्व शालिकराम जम्कट्टेलले गरेका छन् भने गंगानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानून मन्त्रालय, बहादुर सिं लामाले आर्थिक मामिला तथा योजना मन्त्रालय, रामकृष्ण चित्रकारले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, डा। राजेन्द्र मान श्रेष्ठले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, तीर्थ लामाले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, पुकार महर्जनले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, युवराज दुलालले भौतिक पूर्वाधार विकास मन्त्रालय, मसिना खड्काले वन तथा वातावरण मन्त्रालय, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात मन्त्रालय, कुमारी मोक्तानले सामाजिक विकास मन्त्रालय र उत्तम जोशीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।

त्यस्तै मन्त्रीपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको प्रदेश आन्तरिक पर्यटन काज सम्बन्धी मापदण्ड, २०८० स्वीकृत गरेको छ भने स्वास्थ्य मन्त्रालय अन्तर्गतको ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि, २०८०, स्वीकृति गरेको छ । 

बैठकले प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गत प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृति गरेको छ भने पर्यटन उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ । 

त्यस्तै बैठकले स्वास्थ्य मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र विज्ञान, सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृत प्रदान गरेको छ ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तर्गतको प्रदेश विपद् व्यवस्थापन परिचालन कोष कार्यविधि स्वीकृत गरेको छ भने सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको वडा संख्या तथा सिमाना हेरफेरका लागि संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप