आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केकी र सलोनको ‘जय हो’लाई अष्ट्रेलियामा एक सय सो

बुधबार, ०६ भदौ २०८०, ०७ : ४४
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । आगामी शुक्रबारबाट स्वदेश तथा विदेशमा प्रदर्शन हुने फिल्म ‘जय हो’ले अष्ट्रेलियामा मात्र एक सय सो पाएको छ । अष्ट्रेलियाको क्यान्बेरा, तास्मानिया, भिक्टोरियालगायतका ८ मुख्य सहरका बिभिन्न हलमा गरेर फिल्मले एकसय सो पाएको हो ।

‘जय हो’का अष्ट्रेलिया बितरक नमस्ते इन्टरटेनमेन्टका देव कार्कीले फिल्मको अहिलेसम्म एकसय सो फिक्स भएको र बढाउने प्रयासमा आफु रहेको बताए । उनले फिल्मको टिकट समेत अग्रिम बुकिङ राम्रो रहेको जानकारी दिए ।
टेक पौरखी राई निर्देशित फिल्म सुरज ल्वागन (सरकार) र राज के अधिकारीको लगानीमा निर्माण भएको हो । केकी अधिकारी, सलोन बस्नेत, माओत्से गुरुङ, निशा अधिकारी, अर्पण थापा, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतको अभिनय फिल्ममा छ ।

शोभित बस्नेत प्रस्तुतकर्ता रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन र समीर मियाँको भीएफएक्स छ ।

फिल्ममा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । सलोन सलिना फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको मुख्य सहायक निर्देशक दिप्त प्रकास अधिकारी, प्रोडक्सन डिजाइनर केबलमान सिङ बस्नेत र प्रोडक्सन हेड समीर खान हुन् । फिल्मको नेपाल ब्यवसाय राम्रो हुने अपेक्षा गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप