सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला टि–ट्वान्टी आई सिरिज : आज नेपाल र कुवेत भिड्दै

बुधबार, ०६ भदौ २०८०, ०९ : ०५
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । मलेसियामा जारी चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै छ । 

नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १२ बजेबाट  मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । 

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । 

नेपालले सिरिजको पहिलो खेल जितेको छ । मंगलवार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप