आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

बुद्धनगरमा ‘८ नम्बर’ को भैँसीको आतंक

नियन्त्रणको प्रयास गर्दै वन कार्यालयको टोली
बुधबार, ०६ भदौ २०८०, ११ : ०१
बुधबार, ०६ भदौ २०८०

काठमाडौं । काठमाडौँको बुद्धनगरमा भैँसीले आतंक मच्चाएको छ । शरीरमा ‘८ नम्बर’ लेखिएको र दाहिने सिङ भाँचिएको भैंसी बस्तीमा पसेपछि स्थानीय त्रसित भएका छन् । भैंसी अहिले बुद्धनगरको ज्ञान निकेतन स्कुल भित्र पसेको छ । 

डिभिजन वन कार्यालयको टोलीको सहयोगमा ज्ञान निकेतन स्कुलबाट भैंसी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी वृत बानेश्वरका डीएसपी निशान्त श्रीवास्तवले रातोपाटीलाई बताए । भैंसिको दाहिने सिङ भाँचिएको छ । कसैले मार हान्न खोजेको अवस्थामा सो भैंसी भागेको हुनसक्ने डिएसपी श्रीवास्तवले बताए । 

डिभिजन वन कार्यालयको टोलीले भैंसीलाई बेहोस बनाउन ‘डार्ट गन’ प्रहार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप