बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
काेशी प्रदेश

एमाले र राप्रपाले बहिष्कार गरेपछि कोशी प्रदेशसभा बैठक स्थगित

बुधबार, ०६ भदौ २०८०, १४ : ३७
बुधबार, ०६ भदौ २०८०

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएका थिए ।

त्यसक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए । उनले सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए ।

त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो । 

आजको प्रदेशसभा बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी प्रस्ताव टेबल गर्ने कार्यसूची थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप