आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सनी सेक्यूरिटिजले पायो धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स

बुधबार, ०६ भदौ २०८०, १५ : २३
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । सनी सेक्यूरिटिज कम्पनी लिमिटेड (ब्रोकर ४२) ले धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति प्राप्त गरेको छ । सेक्यूरिटिजले धितोपत्र बोर्डबाट आज (बुधबार) ब्रोकर लाइसेन्स प्राप्त गरेको हो ।

अब कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जीन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ । २०६४ सालमा १ करोड ६० लाख चुक्ता पुँजीबाट आफ्नो कारोबार सुरु गरेको कम्पनीले आवश्यकताअनुसार चुक्तापूँजी वृद्धि गर्दै हाल आफ्नो चुक्ता पुँजी ६० करोड पुर्‍याइसकेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सन्तोष पौडेलले पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्त गरेसँगै कम्पनीको जिम्मेवारी र दायित्व पनि थपिएको बताए । उनले अब कम्पनी थप जिम्मेवार बन्दै सम्पूर्ण शेयर लगानीकर्तालाई उच्चतम सेवा प्रवाह गर्ने समेत बताए ।

यससँगै कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप