आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोटेश्वरबाट गाँजा सेवन गरेको आरोपमा ८ जना पक्राउ

बुधबार, ०६ भदौ २०८०, १७ : २७
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । काठमाडौँको कोटेश्वरस्थित खाजा घरबाट प्रहरीले गाँजा सेवन गरेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ । महानगरपालिका–३२ स्थित खाजा पसलबाट ५० ग्राम गाँजा सहित आरोपितहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

पक्राउ पर्नेमा  रामेछापको खाँडादेवी गाउँपालिका–२ घर भएर जडीबुटी बस्ने २६ वर्षीय धिरज लामासहित ८ जना छन् । खाजा घरमा गाँजा सेवन गरेको सुराकको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप