आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बास्कोटाको दाबी–सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना मसँग छ

बुधबार, ०६ भदौ २०८०, १८ : ४५
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् । 

एक क्विन्टल सुन समाएजस्तो गरेर सरकारले करिब २३ क्विन्टल सुन बाहिर पठाएको उनको जिकिर थियो । 

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले सो एक क्विन्टल सुन समात्नु नौटंकी थियो वा के कारणले समातियो ? भन्नेकुरा उच्चस्तरीय जाँचबुझ आयोगले बाहिर ल्याउने भन्दै आफूहरु त्यसको प्रतिक्षामा रहने समेत बताए । उनले सत्तापक्षलाई सत्यको पक्षमा उभिन तर स्टन्टबाजी नगर्न पनि चेतावनी दिए । 

पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई जेल पठाउनेसम्मको अभिव्यक्ति सत्तापक्षबाट आएको उल्लेख गर्दै सांसद बास्कोटाले त्यस्ता खालको लल्कार्ने र तर्साउने काम नगर्न सचेत गराए । उनले जनताको विश्वासको जगमा उभिएका ओलीमाथि अपमान गरिए सैह्य नहुने बताए ।

सांसद बास्कोटाले सरकारले सत्यको पक्षमा उभिन तागत राख्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप