आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रिमियरमा रुचाइयो ‘जय हो’

बिहीबार, ०७ भदौ २०८०, ११ : ०६
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । शोभित बस्नेतको प्रस्तुति रहेको फिल्म ‘जय हो’  प्रिमियरमा  गरिएको छ । बुधवार रञ्जना सिनेप्लेक्समा गरिएको फिल्मको प्रिमियर फिल्मकर्मी र पत्रकारको बाक्लो उपस्थिति थियो । प्रिमियरमा सहभागी अधिकांशले फिल्म राम्रो लागेको प्रतिक्रिया दिए ।

कलाकार हरिवंश आचार्यले फिल्म ‘जय हो’ सबै दृष्टिकोणबाट उत्कृष्ट रहेको प्रतिक्रिया दिए । फिल्ममा कलाकारको अभिनय, कथावस्तु, छायाङ्कन पक्ष सबै दर्शकको मन छुने रहेको हरिवंशको धारणा रहेको छ ।

अभिनेत्री नायिका पूजा शर्माले पनि फिल्म राम्रो लागेको बताइन् । उनले छायांकार सौरभ लामाको कामको प्रशंसा गर्दै फिल्मका कलाकारको पनि अभिनय राम्रो रहेको प्रतिक्रिया दिइन् । 

jaya ho (1)

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले फिल्मको लोकेसन, कथावस्तु, कलाकारको अभिनयले मन छोएको धारणा राख्दा फिल्म हेर्ने धेरैले छायाङ्कन पक्षको प्रशंसा गरे । प्रिमियरमा नायिका गौरी मल्ल, निर्मात्री पुनम गौतम, निर्देशक नरेश पौड्याल लगायतको बाक्लो उपस्थिति रहेको थियो । 

सलोन बस्नेत, केकी अधिकारी, अर्पण थापा, माओत्से गुरुङ र निशा अधिकारीको मुख्य भूमिका रहेको फिल्ममा टेक पौरखी राईको निर्देशन रहेको छ ।

प्रेमकथामा बनेको फिल्म पोखरादेखि मुस्ताङसम्मको आकर्षक लोकेशनमा छायाङ्कन भएको छ । फिल्म स्वदेश तथा विदेशमा शुक्रवारबाट रिलिज हुँदैछ । फिल्मले दर्शकको साथ राम्रो पाउने अपेक्षा निर्माण युनिटको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप