आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

आठ महिनापछि संसदीय समितिले पाउने भए सभापति, भदौ ११ गते निर्वाचन

बिहीबार, ०७ भदौ २०८०, १३ : ३०
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन हुन थालेको झन्डै ८ महिनापछि यसअन्तर्गत रहेका संसदीय समितिले नेतृत्व पाउने भएको छ । सभामुख देवराज घिमिरेले बिहिबार प्रमुख चार दलका प्रमुख सचेतक र कानून मन्त्रीसँगको छलफलपछि सभापतिको निर्वाचन कार्यक्रम तोकेका हुन् ।

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते १ बजेका लागि तोकिएको सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिएका छन् । संसद बैठक बस्न थालेको ५ महिनामा संसदीय समिति गठन भएपनि सभापति चयन नगरी जेष्ठ सदस्यको अध्यक्षतामा बैठक सञ्चालन गरिँदै आइएको थियो । प्रतिनिधिसभा अन्तर्गत १० वटा विषयगत समिति रहेका छन् भने राष्ट्रियसभाका सदस्यहरुको प्रतिनिधित्व सहित २ वटा संयुक्त समिति रहेका छन् ।

समितिहरुमा सभापति चयन प्रक्रियामा ढिलाई हुँदा विधेयकमाथिको छलफल लगायतका विषय प्रभावकारी हुन सकेको थिएन । दलहरुबीच संसदीय समितिमा  नेपाली कांग्रेसले ४ वटा समितिको नेतृत्व पाउने सहमति भएको छ ।

एमालेले ३, नेकपा माओवादी केन्द्रले २, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले ११ समितिको सभापति पाउने यसअघि नै सहमति भइसकेको छ । समितिहरुमा सभापति चयनका लागि केही सदस्यहरुको आवद्ध समिति हेरफेर गर्ने तयारी समेत रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप