आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सीआईबीको प्रतिवेदन

ललिता निवास जग्गा प्रकरण : सीआईबीले क–कसलाई बनायो प्रतिवादी ? (सूचीसहित)

बिहीबार, ०७ भदौ २०८०, १६ : १७
बिहीबार, ०७ भदौ २०८०

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ । सीआईबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदनसहित मुद्दा प्रक्रियाका लागि आफ्नो लिखित राय बुझाएको हो ।

प्रतिवादी २८६ मध्ये ४८ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको छ भने संगठित किर्तेमा २३८ जनालाई प्रतिवादी बनाइएको छ ।

सीआईबीका अनुसार तीन प्रतिवादी हाजिर जमानीमा रहेको, तीन प्रतिवादीलाई हाजिर जमानीमा छाडिएको छ । यस्तै १८ प्रतिवादी पक्राउ परेका छन् भने अन्य फरार सूचीमा छन् ।
यसैबीच सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा मृत्यु भइसकेका २१ जना प्रतिवादीहरुको विवरण पनि समेटिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप