आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘एक भगवत् गीता’ गीत : ‘मायालाई चिनो’मा रोमान्टिक बने धिरज र सुहाना

बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । २९ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘एक भगवत् गीता’को गीत ‘मायालाई चिनो’ सार्वजनिक गरिएको छ । 

रोमान्टिक शैलीको सार्वजनिक गीतमा फिल्मका मुख्य २ पात्र धिरज मगर र सुहाना थापाको प्रेम र रोमान्स देखाइएको छ । गीतमा गुरुङ र मधेसी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथा देखाउन खोजिएको छ ।

कविराज गहतराजको कोरियोग्राफी तथा संकल्प भुजेलको छायांकन रहेको गीत कास्की जिल्लाका रमणीय स्थानमा खिचिएको हो । शंकर अधिकारी घायलको शब्द, बाबुल गिरीको एरेञ्ज, संगीत तथा स्वर गीतमा छ ।

अन्तर्जातिय प्रेमकथामा निर्माण भएको फिल्म ‘एक भगवत् गीता’मा धिरज र सुहानाका अलवा विपिन कार्की, कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरका अभिनय छ । फिल्मको निर्देशन झरना थापाले गरेकी हुन् ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथा अभिनेत्री सुहाना थापा र कथा निर्देशक झरना थापाको हो । झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा र परिक्षेद र पुरुषोत्तमले संवाद फिल्ममा छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी छ ।

सुनिल कुमार थापाको निर्माण रहेको फिल्म काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र काठमाडौं बाहिर केदार पराजुलीको श्री कृष्ण फिल्मसले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया