आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय समिति सभापतिका लागि निर्वाचन कार्यतालिका सार्वजनिक

बिहीबार, ०७ भदौ २०८०, २० : ००
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । भदौ ११ गते हुने संसदीय समितिका सभापति चयन गर्न निर्वाचन कार्यसूची सार्वजनिक भएको छ । संसद सचिवालयले समितिका सभापतिको निर्वाचनका लागि कार्यसूची बिहीबार सार्वजनिक गरेको हो ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार निर्वाचनको अघिल्लो दिन भदौं १० गते ११ देखि ४ बजेससम्म उम्मेदवारी प्रस्ताव दर्ता गर्ने समय तोकिएको छ । सोही दिनको साढे ४ बजे दर्ता भएका प्रस्तावको दर्ताक्रम अनुसार सूची प्रकाशन गर्ने कार्यसुची रहेको छ ।

भदौ ११ गते दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने, समर्थकले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र उक्त प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसुची रहेको छ । बिहीबार सभामुख र प्रमुख सचेतकहरुको छलफलअनुसार भदौ ११ गते १० वटा संसदीय समितिका सभापतिको निर्वाचन गर्ने सहमति भएको थियो ।

samsad11

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप