आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रताप दास र वैकुण्ठको चोखो मायामा यसराज र सत्या

शुक्रबार, ०८ भदौ २०८०, ०८ : ०३
शुक्रबार, ०८ भदौ २०८०

काठमाडौँ । गीतकार वैकुण्ठ प्रसाद उपाध्यायको नयाँ गीत ‘मैले दिएको चोखो माया’ को भिडियो बजारमा आएको छ । गायक प्रताप दासको स्वर रहेको गीतमा कुमार थापामगरको सङ्गीत तथा सङ्गीत संयोजन छ ।

आधुनिक शैलीमा तयार यो गीतको भिडियो निकै आकर्षक बनेको छ । भिडियोमा अभिनेता यसराज गराच, मोडल सत्या गिरी, सन्तोष पन्त, अनिशा थापामगर र वैकुण्ठ प्रसाद उपाध्याय अभिनय छ ।

भिडियो सांस्कृतिक संस्थापनका पूर्व महाप्रबन्धक राजेश थापाले निर्देशन गरेका हुन् । गीतमा यसराज र सत्याको प्रेम वियोगको कथा प्रस्तुत गरिएको छ । 

नरेश आयरले खिचेको यो गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन छ । भिडियोलाई वैकुण्ठ फिल्म प्रोडक्सनले निर्माण गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप