मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

दूधकोशीको बाढीले बेलिब्रिजमा क्षति, आवागमन ठप्प

शुक्रबार, ०८ भदौ २०८०, ११ : ००
शुक्रबार, ०८ भदौ २०८०

विराटनगर । लगातारको भारी बर्षा र दुधकोशी नदीमा आएको भीषण बाढी पहिरोले दिप्लीघाट दुधकोशी बेलिबृजमा क्षति पुर्याएको छ ।  जसका कारण सोताङ र महाकुलुङका जनतालाई सडक यातायातको माध्यमबाट सदरमुकाम,काठमाडौ र तराई आवागमन (आउजाउ) ठप्प भएको छ ।

 बर्षा र बाढी अझै निरन्तर आइरहेकोले थप सतर्कता अपनाउनु पर्ने सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेश सांसद गोम्बु शेर्पाले बताएका छन् । 

उनले यथासम्भव चाँडो बैकल्पिक व्यवस्था गरी  यस असुविधाबाट मुक्त गर्नको लागि थुलुङदुधकोशी, सोताङ र महाकुलुङ ३ वटै स्थानीय सरकार, प्रदेश सरकार,संघीय सरकार र सम्बद्ध निकायसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप