कम्मरमा बाँधेर ल्याइएको पाँच किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
शुक्रबार, ०८ भदौ २०८०, १२ : ५२
सिरहा । भगवानपुर गाउँपालिका- ४ ठाडीबाट करिब ५ केजी चाँदीको विभिन्न गरगहनासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मधुबनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साह रहेका छन् ।
प्रहरी चौकी ठाडीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा कम्मरमा बाँधी ल्याएको अवस्थामा उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।