मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इटहरीबाट धरान जाने सडकमा प्रहरीद्वारा उच्च सतर्कता, सुरक्षाकर्मीको बाक्लो उपस्थिति

शनिबार, ०९ भदौ २०८०, १२ : १७
शनिबार, ०९ भदौ २०८०

सुनसरी ।  हिन्दुवादीहरूले सुनसरीको इटहरीमा  प्रदर्शन गरेपछि तरहरास्थित धरान जाने सडकमा उच्च सतर्कता अपनाइएको छ । 

धरानमा भएको गौहत्याको विरोधमा शनिवार इटहरीमा प्रदर्शन गरेपछि तरहराबाट धरान प्रवेश गर्ने मार्गमा प्रहरीले उच्च सतर्कता अपनाएको हो ।

निषेधाज्ञाका कारण धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधन चलेका छैनन्।

हिन्दुवादीहरूको प्रदर्शनलाई लक्षित गर्दै धरानमा कर्फ्यु आदेश जारी गरिएको हाे । धरानमा प्रदर्शन गर्न नपाएपछि  आज इटहरीमा गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिएको थियो । 

police dharanpolice

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप