आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
क्यानभासमा यौनिक अल्पसङ्ख्यकदेखि नेपाली कला संस्कृति, तस्बिरहरू
कला

क्यानभासमा यौनिक अल्पसङ्ख्यकदेखि नेपाली कला संस्कृति, तस्बिरहरू

शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । नेपाली कला संस्कृति र दैनिकीमा आएका परिवर्तनलाई आत्मसात् गर्दै विभिन्न कलाकारले बनाएका कलाकृतिको प्रदर्शनी हिमालयन आर्ट फेस्टिभल २०२३ नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ । 

क्यानभासका माध्यमबाट कलाकारहरूले यौनिक अल्पसङ्ख्यकदेखि नेपाली कला संस्कृति र बुढ्यौलीका विभिन्न पक्षलाई जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।

 ‘यहाँ राखिएका चित्रकलाहरू निकै एस्थेटिक थिए । नेपाली कला, संस्कृतिका साथै सृजनाले भरिपूर्ण छन्,’ शुक्रवार प्रदर्शनी हेर्न आएकी अस्मिता मगरले भनिन् ।

द रेन्बो ललिपपदेखि लाइन अफ एक्सपेरिन्स वा द रोप अफ कर्माले मानिसहरूलाई निकै मन्त्रमुग्ध बनाउँछ । ओयल अन क्यानभास होस् वा मिक्स्ड मिडिया प्रदर्शनमा राखिएका कलाकृतिले जो कसैलाई पनि एकपटक सोच्न बाध्य बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया