आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापा र सुर्खेतबाट लागूऔषधसहित २ जना पक्राउ

शनिबार, ०९ भदौ २०८०, १६ : ०७
शनिबार, ०९ भदौ २०८०

काठमाडौँ । सुर्खेत र झापाबाट अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।  सुर्खेतको भेरीगंगा नगरपालिका–५ बाट जुम्ला चन्दननाथ नगरपालिका–५ बस्ने २८ वर्षीय युवराज पक्राउ परेका छन् ।

अधिकारीका साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने ११ ग्राम ७ सय ७० मिलिग्रामसहित पदार्थ बरामद गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्युरोले जनाएको छ ।  प्रहरी टोलीले क.प्र.०२००१ ख ०१०२ नम्बरको गाडीमा जाँच गर्ने क्रममा अधिकारीलाई पक्राउ गरिएको बताएको छ ।

त्यस्तै झापाको भद्रपुर नगरपालिका–५ मेचीपुलबाट सोही नगरपालिका– ६ भानुनगर बस्ने २८ वर्षीय आकाश भुजेल पक्राउ परेका छन् । उनलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम १३ मिलिग्राम पदार्थसहित पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले मे ६ प २६७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भुजेललाई उक्त पदार्थसहित पक्राउ गरिएको जनाएको छ ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप