मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशमा मल कारखाना जरूरी छ : मुख्यमन्त्री थापा

शनिबार, ०९ भदौ २०८०, २० : ३६
शनिबार, ०९ भदौ २०८०

सुन्दरहरैँचा ।  कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्वव थापाले मल पर्याप्त नपाउँदा किसान मर्कामा परेको उल्लेख गर्दै प्रदेशमा मल कारखाना स्थापना जरुरी रहेको बताएका छन् ।

शनिबार इटहरीमा हुलास वायर इन्डष्ट्रिजको ‘संवर्द्धन समारोह’मा मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल पर्याप्त नपाएको अवस्था छ । समस्या समाधानका लागि प्रदेशमै मल कारखाना सञ्चालन जरुरी छ ।” यसका लागि उनले हुलास कम्पनीलाई मल कारखाना स्थापना गर्न आग्रह समेत गरे ।

कोशी प्रदेशका किसानका समस्या जटिल रहेका भन्दै उनले राज्यले ती समस्या सम्बोधन गर्न नसकेको बताए । मुख्यमन्त्री थापाले भने, “कोशी प्रदेशमा मल कारखानाको स्थापनाका लागि हुलास कम्पनीले सहयोग गरोस्, राज्यको तर्फबाट आवश्यक समन्वय तथा सहकार्य हुन्छ ।” 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप