आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दुई गोलले पछि परेको स्थिति उल्टाउँदै युनाइटेडको रोमाञ्चक ‘कम्ब्याक’

शनिबार, ०९ भदौ २०८०, २२ : २६
शनिबार, ०९ भदौ २०८०

ओल्ड ट्राफोर्ड । दुई गोलले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर युनाइटेडले नटिङह्याम फरेस्टमाथि रोमाञ्चक जीत हासिल गरेको छ । शनिबार साँझ भएको खेलमा पाँच गोलको थ्रिलरमा युनाइटेड ३–२ गोलले विजयी बनेको हो ।

घरेलु टोली युनाइटेड खेलको ४ मिनेटभित्र नै अप्रत्यासितरुपमा दुई गोलले पछि परेको थियो । ताइवो अवोनियी र विली बोलीले गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए । तर १७ औँ मिनेटमा मार्कस रासफोर्डको पासमा क्रिस्टियन एरिक्सनले युनाइटेडका लागि एक गोल फर्काए । 

दोस्रो हाफको सुरुवातमा नै ब्रुनो फर्नान्डेजले कासिमेरोका लागि गोलको अवसर सिर्जना गरे । खेल २–२ को बराबरीमा रहेको बेला जो वोरालले फर्नान्डेजलाई फल हानेपछि फरेस्ट १० खेलाडीमा सीमित बन्यो ।

त्यसको ९ मिनेटपछि नै युनाइटेडले पेनाल्टी पायो । जसलाई फर्नान्डेजले सजिलै गोलमा परिणत गर्दै टोलीको पुनरागमन पुरा गरे । जीतसँगै युनाइटेड ३ खेलबाट ६ अंक बटुल्दै लिगको पाँचौँ स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप