आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

दाङका प्रजिअ सुशील वैद्य जिम्मेवारीबाट हटाइए

ललिता निवासमा फरार प्रतिवादी
आइतबार, १० भदौ २०८०, १० : १६
आइतबार, १० भदौ २०८०

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई जिम्मेवारीबाट हटाइएको छ । वैद्यलाई गृह मन्त्रालयमा तानिएको मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई जानकारी दिएका हुन् ।

बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई फरार प्रतिवादी बनाउन केन्द्रीय अनुसन्धान ब्यूरोले राय दिएको छ । प्युठानको प्युठान नगरपालिका वडा नम्बर–४ घर भएका वैद्य मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत हुँदा ‘संगठित किर्ते’मा संलग्न रहेको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।  ब्यूरोको अनुसन्धान प्रतिवेदनको २४१ नम्बरमा उनलाई ‘फरार प्रतिवादी’ उल्लेख गरिएको छ ।

भदौ ५ मा सीआईबीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा ७७१ पेज लामो अनुसन्धान प्रतिवेदन बुझाएको थियो । जग्गा फिर्ता लिने प्रयोजन भन्दा बाहेकका २३८ जनालाई ‘संगठित किर्ते’ गरेर जग्गा हिनामिना गरेको कसुरमा प्रतिवादी कायम गरिएको छ । सरकारी वकिलले आज अदालतमा अनुसन्धान प्रतिवेदन दर्ता गर्दै छ ।

ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप