सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
संसदीय समिति

संसदीय समिति निर्वाचन : कांग्रेसबाट राणा, खतिवडा र चालिसे बने उम्मेदवार

आइतबार, १० भदौ २०८०, १२ : ०४
आइतबार, १० भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसले तीनवटा विषयगत समिति सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । कांग्रेस संसदीय दलले प्रतिनिधिसभाको विषयगत समिति अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार रामहरि खतिवडालाई बनाएको छ ।

देउवाले समितिको सभापति बनाउने नै कानुन समितिबाट खतिवडा सुशासन समितिमा ल्याएका थिए । यस्तै अर्थ समितिको सभापतिमा काठमाडौँ– ३ बाट निर्वाचित सन्तोष चालिसेलाई कांग्रेसले उम्मेदवार बनाएको छ । नेता प्रकाशमान सिंहनिकट चालिसे दीपक खड्का र रामनाथ अधिकारीलाई पन्छाएर सभापतिको उम्मेदवार बन्न सफल भएका छन् ।

कांग्रेसका एक सांसदकाअनुसार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आरजु राणालाई उम्मेदवार बनाइने छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी राणा समानुपातिक सांसद हुन् । संसदका संयुक्त र विषयगत गरी १२ कांग्रेसको भागमा चार समितिको नेतृत्व परेको छ ।

संसदीय सुनुवाइ समितिको सभापतिको उम्मेदवार बने कांग्रेसले टुंगो लगाइएको छैन । पार्टीका सहमहामन्त्री तथा सांसद जीवन परियारको नाम चर्चामा छ । तर, परियारले आफूलाई सभापतिको उम्मेदवार नबनाइएको रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप