आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवास प्रकरणमा आरोपीलाई अदालत लगियो, अभियोग पत्र रुजु गरिँदै

आइतबार, १० भदौ २०८०, १३ : १०
आइतबार, १० भदौ २०८०

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न आरोपीलाई अदालतमा उपस्थित गराइएको छ । जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै १८ जना आरोपीतलाई अदालतमा उपस्थित गराएको हो । 

सरकारी वकिलले २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गर्नका लागि अभियोग पत्र लगेको छ । 

अभियोगपत्र रुजु गर्ने काम भइरहेको जिल्ला अदालत काठमाडौँका सुचना अधिकारी दिपक दाहालले रातोपाटीलाई बताए ।  २९० जना प्रतिवादी मध्ये १७ जना पक्राउ र अन्य फरार छन् ।

lalita-niwas-aropi-court (1)lalita-niwas-aropi-court (2)lalita-niwas-aropi-court (3)lalita-niwas-aropi-court (4)lalita-niwas-aropi-court (5)lalita-niwas-aropi-court (6)lalita-niwas-aropi-court (7)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप