सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
संसदीय समिति निर्वाचन

संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षको गठबन्धन : पोखरेल र शाहको उम्मेदवारी दर्ता

आइतबार, १० भदौ २०८०, १३ : १८
आइतबार, १० भदौ २०८०

काठमाडौँ । सार्वजनिक लेखा समिति सभापतिका लागि प्रमुख प्रतिपक्षी दल एमालेबाट ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेस सांसद राजेन्द्र केसी प्रस्तावक रहेका छन् भने एमाले सांसद दामोदर भण्डारी समर्थक रहेका छन् ।

त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक रहेकी छन् भने एमाले सांसद अस्मा कुमारी चौधरी समर्थक बनेकी छन् । 

संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप