आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवास प्रकरणमा २९० जनाविरुद्ध ‘लिखत किर्ते’ मुद्दा दर्ता

सञ्चार सचिव राउत पनि प्रतिवादी
आइतबार, १० भदौ २०८०, १४ : ०४
आइतबार, १० भदौ २०८०

काठमाडौँ । बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको जग्गा हिनामिना प्रकरणमा संलग्न विरुद्ध अदालतमा अभियोगपत्र दायर गरिएको छ । जिल्ला अदालत काठमाडौँमा २९० जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि नेउपानेले रातोपाटीलाई बताए ।

जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै थुनामा रहेका १८ जना प्रतिवादीलाई अदालतमा उपस्थित गराएको छ । १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ५७ दिनसम्म ‘संगठित किर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो । तर, ललिता निवासमा ‘संगठित कसुर’ आकर्षित नहुने भन्दे सरकारी वकिलले ‘लिखत किर्ते’मा मात्रै सजाय र जरिवाना हुनुपर्ने मागदाबी लिएको छ ।

बालुवाटार स्थित ललिता निवास क्याम्पको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना  भएको ब्यूरोको अनुसन्धान निष्कर्ष छ । सीआईबीले पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छेदार सहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको थियो । प्रहरीको राय अनुसार ४ जना पूर्वमन्त्रीलाई प्रतिवादी कायम गरिएको छ ।

सरकारी वकिलले सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सह–सचिव सुशील वैद्यलाई पनि प्रतिवादी बनाएको छ ।

थुनामा रहेका प्रतिवादी

१. मिन बहादुर गुरुङ । (भाटभटेनी सुपर मार्केटका सञ्चालक, असार १२)

२. सुधीर कुमार शाह । पूर्व निर्वाचन आयुक्त ।

३. गोपाल कार्की, अवकाश प्राप्त खरिदार

४. शिवजी भट्टराई, तत्कालीन वडा सचिव (असार १७)

५. घमान कुमारी कार्की, नापी सर्वेक्षक ।

६ .बाबुराजा महर्जन, नक्कली मोही ।

७. देव नारायण महर्जन, मोही ।

८. ध्रुब प्रसाद अर्याल, नापी सर्वेक्षक ।

९. योगराज पौडेल, नासु डिल्लीबजार मालपोत । (असार २६)

१०. नारायणदास मिश्र, पूर्व खरिदार डिल्लीबजार मालपोत ।

११. रुद्र प्रसाद श्रेष्ठ, महानिर्देशक भूमिसुधार तथा व्यवस्था विभाग । (असार २६)

१२. बालकृष्ण श्रेष्ठ, सिडिई भौतिक योजना तथा निर्माण मन्त्रालय ।

१३. विनोद पौडेल, सह लेखापाल समरजङ्ग कम्पनी । (असार २७)

१४. केशव तुलाधर, बिचौलिया । काठमाडौँ–३० असन । (असार ३१)

१५. अरुण कुमार श्रेष्ठ, कर्मचारी नापी विभाग । (साउन ७)

१६. कलाधर देउजा, प्रमुख डिल्लीबजार मालपोत । (साउन ५)

१७. सञ्जय महर्जन, नक्कली मोही (साउन ८)

१८. सकलानन्द महर्जन, नक्कली मोही ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप