आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसदीय समिति निर्वाचन

कृषिमा राणा, राज्यव्यवस्थामा खतिवडा, उद्योगमा खान, अन्तराष्ट्रियमा यादव र अर्थ समितिमा चालिसेको उम्मेदवारी दर्ता

आइतबार, १० भदौ २०८०, १४ : ४६
आइतबार, १० भदौ २०८०

काठमाडौँ । भोलि हुने संसदीय समितिको सभापति निर्वाचनका लागि उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसै क्रममा कृषि तथा प्राकृतिक स्रोत समितिको  सभापतिमा आरजु राणा देउवाले उम्मेदवारी दर्ता गरेकी छन् । 

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन  समितिको सभापतिमा रामहरि खतिवडाले पनि आइतबार उम्मेदवारी दर्ता गराएका छन् । 

उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा जनमतका अब्दुल खानको उम्मेदवारी दर्ता भएको छ । 

त्यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी अर्थ समितिमा नेपाली कांग्रेसका सन्तोष चालिसेको उम्मेदवारी दर्ता भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप