सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१८ वर्षपछि एसिया कप हेर्न पाकिस्तान जाँदै बीसीसीआईका अध्यक्ष रोजर बिनी

आइतबार, १० भदौ २०८०, १६ : ००
आइतबार, १० भदौ २०८०

काठमाडौँ । आफ्ना खेलाडीलाई पाकिस्तान पठाउन अस्वीकार गरे पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष र उपाध्यक्ष भने एसिया कप हेर्न पाकिस्तान जाने भएका छन् । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले एसिया कपको उद्घाटन खेल हेर्न बीसीसीआईका सचिव जय शाहलाई पनि निम्तो गरेको थियो ।

तर, उनले हालसम्म पीसीबीलाई कुनै जवाफ फर्काएका छैनन् । बीसीसीआईका अध्यक्ष रोजर बिनी र उपाध्यक्ष राजिव शुक्ला भने पाकिस्तान जाने भएका छन् । बीसीसीआईले पनि समाचारको पुष्टि गरिसकेको छ । रोजर बिनी भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी पनि हुन् । 

‘मलाई पाकिस्तान जान कुनै हिच्किचाहट छैन । यसअघि पनि मैले धेरै पटक पाकिस्तानको स्मरणीय भ्रमण गरेको छु । पाकिस्तानमा जहिले पनि मैले मिठो सत्कार पाउने गरेको छु,’ रोजर बिनीले भनेका छन् । उनले आफ्नो भ्रमणबाट भारत र पाकिस्तानबीचको क्रिकेट सम्बन्धमा सुधार आउने विश्वास पनि व्यक्त गरेका छन् । 

रोजर बिनीले १८ वर्षपछि पाकिस्तान भ्रमण गर्न लागेका हुन् । यसअघि उनी सन् २००५ मा पाकिस्तान गरएका थिए । एसिया कपको १६औं संस्करण अगस्त ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलंकामा आयोजना हुँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप