आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाली नागरिकताबाट च्युत गरिए ब्रिटिस–गोर्खाहरू राज्यविहीन हुन्छन्: तामाङ

आइतबार, १० भदौ २०८०, १६ : ४४
आइतबार, १० भदौ २०८०

काठमाडौँ । ब्रिटिस गोर्खालीहरूलाई नेपाली नागरिकताबाट वञ्चित गरिए राज्यविहीन मात्रै नभएर देशलाई पनि ठुलो क्षति हुने संयोजक सुनबहादुर तामाङले बताएका छन् ।  

आइतबार संवाद डबलीमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान, बेलायत/नेपाल (बीजीएनसीसीसी–यूके/नेपाल) का संयोजक सुनबहादुर तामाङले पत्रकार सम्मेलन गरेर संविधानमै ब्रिटिस गोर्खाहरूलाई नेपाली नागरिकताको सुनिश्चितता गर्नुपर्ने माग राखेका छन् ।

तामाङले कानुमै ‘कुनै पनि नेपाली नागरिकले स्वच्छाले विदेशी नागरिकता लिएमा स्वतः नेपाली नागरिकता कायम रहने छैन’ भन्ने उल्लेख भएकोले ब्रिटिस गोर्खालीहरूमा पनि लागु हुने र त्यसले नेपाल र स्वयम बेलायतमा बस्ने गोर्खालीहरू दुबैलाई घाटा पुग्ने उनको जिकिर छ । “स्वतः खारेज हुनेछ भन्ने संवैधानिक प्रावधानमा ‘गोर्खाली र तिनका सन्ततिहरूको हकमा भने लागु हुने छैन भन्ने मात्रै उल्लेख गरेको खण्डमा हामी सम्भावित खतराबाट बच्ने थियौँ” तामाङले बताए ।

तामाङले विश्वभर छरिएका अरू नेपाली नागरिक र ब्रिटिस गोर्खाहरूको प्रकृति फरक रहेको धारणा राख्दै भने,“ब्रिटिस–गोर्खाहरू आफ्नो सोच्छाले भन्दा देशको तत्कालीन आवश्यकताले ब्रिटिस गोर्खामा भर्तीको प्रचलन स्थपति भएकाले राज्यले योगदानलाई बिर्सन हुँदैन ।”

सन् १८१६को सुगौली सन्धि ताका गोर्खाहरूलाई तत्कालीन नेपाल सरकारले बेलायती सेनामा पठाउने र त्यसको बदलामा तत्कालीन इष्ट इण्डीया कम्पनीले नेपालमाथि आक्रमण नगर्ने सर्त अनुसार सो प्रचलन चलेको तामाङको भनाई छ । यसरी नेपाली नागरिकताबाट वञ्चित गराइए गोर्खाहरू राज्य विहीन मात्रै नभएर देशमा विभिन्न क्षति हुने उनको ठहर  छ ।

 विदेशी मुद्रामा नभित्रिने र पुँजी पलायन, गोरखालीहरूको बेलायत बसाई असुरक्षित र राज्य विहीन हुने खतरा, गोर्खालीहरू नेपालबाट लोप हुने तथा देशले दक्ष जनशक्ति गुमाउने, गोर्खा सैनिक भाडाका सैनिक र गुलामकारुपमा परिचित हुनुका साथै त्यसेले विश्वभर बहादुर गोर्खाहरूको पहिचान खराब हुनेलगायतका सम्भावित खतराबाट जोगाउन उनीहरूलाई नेपाली नागरिकताको निरन्तरता हुनुपर्ने संयोजक तामाङको बुझाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप